भोट मागी देला भनेर आशा नगर्नुहोला : हरिवंश आचार्य

लोकपथ
28
Shares

काठमाडौं । चर्चित हास्यव्यङ्ग कलाकार हरिवंश आचार्यले मंसिर ४ गते हुन लागेको संघ तथा प्रदेश सभा निर्वाचनमा कुनैपनि पार्टी तथा नेताहरुलाई आफूबाट सहयोग नहुने बताएका छन् । आज आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्दै कलाकार आचार्यले कलाकर्मीहरु पनि राजनितिक दल र उम्मेदवारका साझा मानिसहरु भएको बताउँदै आफूबाट सहयोगको अपेक्षा नगर्न भनेका हुन् ।

कतिले बिर्सनै नसकिने गुन लगाएको, कतिसँग गहिरो मित्रता रहेको, कतिसँग नाता गासिएको हुने भएपनि आफूसँग मेरो पक्षमा भोट मागी देला भनेर अपेक्षा नर्गन कलाकार आचार्यको भनाइ छ । उनले जब देश निर्वाचनमा जान्छ त्यसबेला मित्र, नाता र आत्मिय सम्बन्ध गासिएका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्ने र त्यसबखत आफूहरुबाट सहयोगको आशा राख्नु स्वभाविक भएको पोस्टमार्फत बताएका छन् ।

ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा जिम्मा व्यक्ती स्वयमको भएको कलाकार आचार्यद्वारा सार्वजनिक पोस्टमा उल्लेख गरिएको छ । पोस्टमा कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन नसकिने कलाकर्मीहरुको बाध्यता भएको बताइएको छ । त्यसैले मित्रता, आत्मियता, नातालाई पबित्र राखेर चुनावमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन कलाकार आचार्यले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?