काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समसीमा तोकिएको छ ।
असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध असोज २४ मा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसीमा तोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध परेको छ ।
देशैभरिका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
उता, निर्वाचन आयोगका अनुसार बुधवार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसीमा तोकिएको छ । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया