आफ्नो उम्मेदवारी फिर्ता लिने भीमबहादुर कुबेर र कमल खनालको निर्णय

लोकपथ
35
Shares

काठमाडौं । सुदूरपश्चिममा प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली २ बाट उम्मेदवारी दिएका झपट रावललाई सघाउन प्रदेशसभाका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।

रावलले उम्मेदवारी दिएको कैलाली २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका भीमबहादुर कुबेर र कलम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् ।

साथीभाइसँगको सल्लाह र सुझावका आधारमा एमाले उम्मेदवारलाई जिताउने गरी आफूहरुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको कुबेर र खनालले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?