नुवाकोट । नुवाकोट क्षेत्र नं १ ‘ख’ मा जसपाबाट रामकृष्ण ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेता ढकालले आइतबार खरानीटारस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
ढकाल तत्कालिन डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदा युवाको बागमती प्रदेशको उपाध्यक्ष बनेर काम गरेका थिए ।
त्यसैगरी हाल जसपाको पनि बागमती प्रदेशको युवाको उपाध्यक्ष तथा प्रस्तावित अध्यक्ष भएर काम गरेका छन् । मतदाताले युवा खोजिरहेको र आफ्नो उम्मेदवारी युवाहरुको प्रतिनिधित्वका लागि भएको नेता ढकालले बताए ।
त्यसैगरी सो क्षेत्रमा जसपाबाट प्रतिनिधि सभामा देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । भने प्रदेश सभा ‘क’ मा शेरबहादुर विकले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया