स्वास्थ्य मन्त्रीका सल्लाहारको स्वतन्त्र उम्मेदवारी

लोकपथ
63
Shares

तेह्रथुम । मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन । उनले तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आईतवार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उम्मेदवारी दिएका हुन ।

२०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन उम्मेदवारी दिएका हुन ।

मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पदबाट आईतवार नै राजिनामा गरी उम्मेदवारी दिएको कटुवालले बताए । उनी भन्छन् ‘राजनिति पार्टीबाट मात्रै जनताको भावना अनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनताको माझ गएर जनता कै हितमा काम गर्ने अठोटका साथ मेरो उम्मेदवारी हो । आशा छ मेरो स्वतन्त्र उम्मेदवारीमा जनताले साथ दिने छन् ।‘

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधी सभाका लागि १० र प्रदेसभाका लागि १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । यो सँगै तेह्रथुममा ३ पदका लागी २८ जनाले उम्मेदवारी दिएका छन । २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडाहरु रहेको छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार १ सय ३९ महिला ३६ हजार ७ सय ९४ रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?