सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णकुमार तामाङ ‘समिर’ ले उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार तामाङले गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
तामाङ राजनीति सँगसँगै समाजसेवामा पनि त्यतिकै सक्रिय रहेका छन् ।
भूकम्प, कोरोनादेखि बाढी पहिरोसम्म पीडितको उद्धार र राहतमा उनी जुट्ने गरेका छन् । भर्खर उमेरले २९ वर्ष पुगेका तामाङको समाजसेवी भावनाका कारण पार्टी र गठबन्धनले टिकट दिएको उनी निकटहरु बताउँछन् । तामाङले टिकट पाएको खण्डमा जित्न सहज हुने भन्दै पार्टीले अघि सारेको हो ।

यता सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभाका लागि गठबन्धनबाट कांग्रेसका मोहन बहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । भने प्रदेशसभा प्रदेश सभा ‘ख’ बाट पूर्वमन्त्री समेत रहेका युवराज दुलाल ‘सरद’ उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया