काठमाडौं–७ ‘ख’ बाट सविन तामाङले दिए उम्मेदवारी

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंको क्षेत्र नं ७ प्रदेश सभा ‘ख’ मा गठबन्धनबाट कांग्रेसका सविन तामाङले उम्मेदवारी दिएका छन् ।

आज तामाङले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य समेत रहेका तामाङले आगामी निर्वाचनमा आफ्नो जित सुनिस्चित रहेको बताएका छन् ।

त्यसैगरी सो क्षेत्रबाट प्रतिनिधि सभामामा गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छिन् भने प्रदेश सभा क मा बसन्त मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?