ललितपुर–३ बाट उम्मेदवारी दिदैँ भुसालले भनिन्, ‘एक जनाको हिरोइजमले केही हुँदैन’

लोकपथ
35
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

आइतवार निर्वाचन अधिकृतको कार्यलयमा पुगि उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनि उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिईन् । उनि नेवारी झाँकीसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको र उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधानको कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताईन् ।

उनले अबको आफ्नो एजेण्डा संविधानको कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताईन् ।

स्वतन्त्रहरुप्रति इंगित गर्दै मन्त्री भुसालले नेपालको संविधानले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक जनाको हिरोइजमले नेपालमा केही पनि नहुने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?