काठमाडौं–४ बाट गगन थापाले गराए उम्मेदवारी दर्ता

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दिउँसो बुढानिलकण्ठस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काठमाडौं–४ का लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको यो पुरानो क्षेत्र हो । यसअघि २०७० र २०७४ मा निर्वाचित भइसकेका छन् ।

त्यसैगरी नेकपा एमालेबाट डा. राजन भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि दुवै निर्वाचनमा भट्टराईले थापासँग चुनावमा पराजित भएका थिए । यो थापा र भट्टराईको तेस्रो प्रतिष्पर्धा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?