काठमाडौं–५ बाट प्रदीप पौडेलले गरे उम्मेदवारी दर्ता

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर काठमाडौं–५ बाट पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

पौडेल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसलाई उक्त निर्वाचन क्षेत्र भागमा परेको थियो ।

उम्मेदवारी दर्ताको क्रममा उनले आफूले गृह जिल्ला तनहुँबाट पनि उम्मेदवार बन्न चाहेको तर पार्टीले यहीँबाट लड्न भनेकाले सो क्षेत्र रोजेको बताए । आफ्नो उम्मेदवारी सुशासन कायम र राजधानीलाई राजधानी जस्तो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?