रुपन्देही । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्न उनी निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतवार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
नेता सिंहले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न आफै गाडी चलाएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । यसअघि सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया