रेखा थापाले गरिन् मोरङ–३ बाट उम्मेदवारी दर्ता

लोकपथ
126
Shares

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतवार उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो क्षेत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिने तयारी गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भएका थिए ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने कांग्रेसका सुनील शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो भएका थिए । यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मतमात्र पाएर आठौं नम्बरमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?