काठमाडौं । अर्थशास्त्री डा. स्वर्णीम वाग्ले टिकट पाउनबाट बञ्चित भएका छन् ।
नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गरे पनि अन्ततः पार्टीले उनलाई टिकट दिन अस्वीकार गरेको हो ।
चितवन निवासी वाग्ले चितवन–१, काठमाडौं–५ वा गोरखा–१ बाट चुनाव लड्ने तयारी गरेका थिए । भने उनलाई क्षेत्रीय कमिटीले चितवन–१ बाट सिफारिसमा परेका थिए । तर उनको ठाउँबाट कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई टिकट दिएको हो ।
त्यसैगरी काठमाडौं ५ बाट कांग्रेस युवा नेता प्रदीप पौडेलले टिकट पाएका छन् । जसको कारण अब उनी उम्मेदवार बन्नबाट बञ्चित हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया