काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ताका लागि गोरखा लागेका छन् ।
शनिबार बिहान प्रचण्ड नेपाल समाजवादी पार्टीमा अध्यक्ष एवं पूर्व सहकर्मी डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित मनोनयनका लागि गोरखा लागेका हुन् ।
यसअघि चितवन–३ बाट चुनाव लड्दै आए पनि आगामी निर्वाचनमा भने गोरखा–२ बाट चुनाव लड्न लागेका हुन् ।
२०७४ को निर्वाचनमा गोरखा–२ बाट बाबुराम निर्वाचित भएका थिए । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका बाबुरामले वाम गठबन्धनबाट उम्मेदवार बनेका नारायणकाजीलाई हराएका थिए ।
प्रतिनिधि सभामा हारे पनि नारायणकाजीलाई पुनः राष्ट्रिय सभामा लगिएको थियो । भने बाबुरामले आगामी निर्वाचन नलड्ने घोषणा गरेसँगै चितवनबाट प्रचण्ड गोरखा लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया