अझै मौन छन् भीम रावल

लोकपथ
315
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम बहादुर रावल अझै के गर्ने भन्ने अन्यौलमा देखिएका छन् ।

पार्टीले टिकट नदिएपछि आफूले गम्भीर भएर सोचेर निर्णय गर्ने प्रतिक्रिया जनाएका नेता रावलले अझै के गर्ने भन्ने विषयमा नबोल्ने बताए ।

अब के गर्नुहुन्छ भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘म अझै केही बोल्दिन, बोल्ने बेला आएको छैन ।’

अछाम क्षेत्र नं १ बाट एकल सिफारिसमा परे पनि रावललाई पार्टीले टिकट भने दिएन । पार्टीले टिकट नदिएपछि सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्न लागेको चर्चा चले पनि उनले भने आफूले के गर्ने भन्ने निष्कर्षमा नपुगेको बताए ।

यता उनीसँगै टिकट नपाएका नेता घनश्याम भुसालले शनिबार नै पार्टी परित्याग गरेका थिए । भने आज पत्रकार सम्मेलन गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?