नुवाकोट–२ मा सहमति, संघमा अर्जुननरसिंह केसीको पक्कापक्की !

लोकपथ
6k
Shares
फाइल तस्बिर

काठमाडौं । नुवाकोटको क्षेत्र नं २ मा नेपाली कांग्रेसको सिट बाँडफाँट सहमति नजिक पुगेको छ ।

क्षेत्र नं २ मा नेताहरुको व्यवस्थापनमा कठिनाइ देखिएपछि सहमति हुन सकेको थिएन । यद्यपी अन्तिममा अर्जुननरसिंह केसीको नाममा टुंगो लागेको कांग्रेसको उच्च स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

क्षेत्रीय कमिटीले प्रत्यक्षमा बहादुर सिंह लामाको नाम सिफारिस गरे पनि आन्तरिक छलफलपछि केसीलाई सहयोग गर्नेगरी सहमति जुटेको कांग्रेसको उच्च स्रोतले बतायो ।

कांग्रेसले लामालाई कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्नमा स्रोतले भन्यो, ‘उहाँ पनि लगभग कन्भिन्स भैसक्नुभएको छ । उहाँलाई राष्ट्रिय सभामा लैजाने गरी सहमति हुँदैछ, केही बेरमा फाइनल हुनेछ ।’

यसअघि क्षेत्रीय कमिटीले एकलौटी रुपमा लामाको नाम सिफारिस गरेपछि क्षेत्र नं २ मा विवाद देखिएको थियो । तल्लो तहमा व्यापक विरोध भए पनि नेताद्वय (केसी–लामा) मा भने जो आए पनि मिलेर जाने भन्ने सहमति भएको थियो ।

अघिल्ला निर्वाचनहरुमा आफूले सहयोग गरेको कारण केसीले आफूलाई सहयोग गर्नुपर्ने लामाको अडान रहेको थियो । यद्यपी केसीले आफूले अन्तिम पटक संघीय निर्वाचन लड्न चाहेको र अहिलेको निर्वाचनमा राष्ट्रिय सभामा लैजाने र अर्को निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता पछि लामा कन्भिन्स भएका हुन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ माओवादी केन्द्रको भागमा परेको थियो । भने क्षेत्र नं २ नेपाली कांग्रेसको भागमा परे पनि सहमति हुन सकेको थिए ।

क्षेत्र नं २ को प्रदेश तर्फ भने ‘क’ एकीकृत समाजवादी र माओवादी केन्द्रको भागमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?