नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने भएको छ ।
यसअघि एमालेले मकवानपुरका दुबै क्षेत्रमा पार्टीको उम्मेदवार तय गरेको थियो । तर, एमाले अध्यक्ष केपी ओली र कमल थापाबीच भएको छलफलमा क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई दिएको टिकट थापालाई दिने समझदारी बनेको हो ।
टिकट पाएपछि थापाले एमालेको सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार बन्न लागेको जानकारी दिए ।
उनले सद्भाव र सहकार्यको लागि एमालेलाई धन्यवाद दिँदै राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया