भीम रावलले टिकट नपाएपछि अछाममा तहल्का, ४० जनाको सामूहिक राजीनामा

लोकपथ
217
Shares

काठमाडौं । नेकपा एमालेले अछाम–१ बाट भीम रावललाई टिकट नदिएपछि राजनीतिमा तरंग पैदा भएको छ ।

सो क्षेत्रबाट रावल एकल सिफारिसमा परे पनि पार्टीले टिकट नदिएपछि राजनीतिमा तरंग पैदा भएको हो ।

रावलले टिकट नपाएपछि जिल्लाभरबाट ४० जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएर जिल्ला कमिटीलाई नाम बुझाएका छन् ।

राजीनामा दिनेहरुमा एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरु समेत रहेका छन् ।

रावलसँगै एमालेमा विद्रोह गर्ने अर्का नेता घनश्याम भुसालले समेत एमालेमा नरहने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले आफू एमालेको राजनीतिमा नहरहेको घोषणा गरेका हुन् । त्यससँगै उनले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारीको तयारी गरिरहेका छन् ।

यता रावलले भने आफूले गम्भीर भएर सोचिरहेको र भोलिसम्म निर्णय गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?