काठमाडौं । पूर्व मिस टिन एवं राप्रपा नेतृ खुश्बु ओली आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने भएकी छिन् ।
झापा क्षेत्र नं ४ बाट राप्रपाबाट उम्मेदवार बन्ने तयारीमा रहे पनि सो क्षेत्र तालमेल गर्दा एमालेको भागमा परेपछि ओली स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेकी छिन् ।
ओली झापा क्षेत्र नं ४ बाट उम्मेदवार बन्ने तयारीसहित राप्रपा प्रवेश गरेकी थिइन् । तर एमाले राप्रपाको तालमेल अनुसार झापा क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनावमा होमिँदै छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आफ्ना क्षेत्रका मतदातालाई कुनै पनि हालतमा एमालेमा भोट हाल्न बाध्य नपार्न समेत आग्रह गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘हामी सूर्यमा भोट हाल्न सक्दैनौ, यो हेपाहा प्रविती को तालमेल म स्विकार्न सक्दिन। एउटा युवा महिलालाई रोक्न यत्रो चलखेल गरिनु सर्मनाक छ। म कदापी मेरो आफ्नो पार्टीको कार्यकर्ता र रा प्र पा प्रति आशा र भरोसा राखेका जन्ताको मत अरु पार्टी लाई हाल्न बाध्य नबनाईयोस भन्न चाहान्छु।’
उनलाई एमालेले समर्थन गर्नेछ भने क्षेत्र नं ४ मा राप्रपाले एमालेलाई सघाउनुपर्ने भएसँगै खुश्बुको उम्मेदवार बन्ने सपनामा पूर्णविराम लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया