काठमाडौं । गठबन्धनले सिट बाँडफाँटको काम अन्तिम अवस्थामा पुर्याए पछि विरोधका असन्तुष्टिहरु बाहिरिन थालेका छन् ।
शुक्रबार राति गठबन्धनले सिट बाँडफाँट टुंग्याएसँगै नवलपुर–२ माओवादी केन्द्रको भागमा परेको छ ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारसँग नेपाली कांग्रेसको उम्मेदवार थोरै मतान्तर रहेको भन्दै निर्णय सच्याउनुपर्ने माग बढेको छ ।
आज क्षेत्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै नवलपुर–२ कांग्रेसलाई दिनुपर्ने नभएमा विद्रोह गर्नेसम्मको चेतावनी दिएका छन् ।
‘यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्दा नेपाली कांग्रेसको पक्षमा पर्न सक्ने प्रक्षेपण सहित निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै २०४८ सालदेखि पराजय भोगेका यहाँका कार्यकर्ता यदी यस संघीय क्षेत्र नं २ नेपाली कांग्रेसको भागमा नेपाली कांग्रेसका कार्यकर्तामा हिनताबोध तथा निरुत्साह उत्पन्न भई सोचेजस्तो नतिजा प्राप्त गर्नसक्ने परिस्थिती नहुने हुँदा सो निर्णयलाई पुनर्विचार गर्न यो निवेदनका साथ अनुरोध गर्दछाैँ ।’
नवलपुर–२ मात्र नभएर अन्य क्षेत्रमा समेत सिट बाँडफाँटमा असन्तुष्टि देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया