मंसिर ४ मा देउवा र कर्ण मल्लको भेट

लोकपथ
245
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लामा आगामी निर्वाचन रोचक बन्ने भएको छ ।

केही समय अघि देउवाले कांग्रेस पार्टीबाट निष्काशन गरेका कर्ण मल्ल चुनावी मैदानमा उत्रिएपछि चुनावी माहोल थप रोचक बन्ने भएको हो ।

कांग्रेसबाट निष्काशनमा परेपछि वीपी कांग्रेसमा लागेका उनलाई पार्टीले उम्मेदवार बनाएको छ । भने उनलाई नेकपा एमाालेले समेत समर्थन गर्नेछ । जसको कारण अ िघल्ला निर्वाचनमा जस्तो देउवालाई चुनाव जित्न सहज भने छैन ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवाले २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?