काठमाडौं । असोज २३ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मनोनयनको मिति तय भएसँगै निर्वाचन आयोगले तयारी तिव्र पारेको छ ।
आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्वाचन तयारीबारे थप प्रष्ट पारेको छ ।
आयोगले आगामी निर्वाचनमा सहभागि हुने उम्मेदवारहरुले मनोनयनको दिन संलग्न गर्नुपर्ने कागजपत्रका बारेमा समेत सूचना जारी गर्दै जानकारी गराएको छ ।
आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीको अन्तिम निस्सा, नेपाल सरकार, प्रदेश सरकार वा कुनै पनि सरकारी निकायबाट राजीनामा दिएको निस्सा समावेश गर्नुपर्ने छ ।
त्यसैगरी मनोनयनका बेला उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निर्देशीका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिम स्वघोषणापत्र समेत उल्लेख गराउनुपर्नेछ ।
मंसिर ४ मा हुने निर्वाचनका लागि आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिसकेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया