काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै नेतृ चौधरीले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् ।
यसअघि नेकपा एमालेबाट सांसद बनेकी उनी आगामी निर्वाचनमा दाङ क्षेत्र नं २ बाट टिकट नपाउने भएसँगै स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूले स्वतन्त्रबाट उम्मेवार बन्न चाहेको भन्दै जनताको साथ मागेकी छिन् ।
उनले लेखेकी छिन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ’
२०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेकाहरुलाई निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्न नपाउने निर्णय गरेको छ । त्यससँगै उनको निर्वाचन क्षेत्र दाङ क्षेत्र नं १ बाट शान्ता चौधरी उम्मेदवार बन्ने भएसँगै उनी रेसबाट बाहिरिएकी थिइन् ।
केही समयअघि उनले चौधरीसँगको तस्बिर राख्दै दुइमध्ये जसले टिकट पाए पनि मिलेर जाने भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् । तर पार्टीले शान्तालाई टिकट दिने निर्णय गरेसँगै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया