यी हुन् काठमाडौंमा कांग्रेसबाट सिफारिसमा परेका इन्जिनियरहरु

लोकपथ
4.1k
Shares

काठमाडौं । यतिबेला चौतर्फी रुपमा चुनाव र टिकटको विषयमा चर्चा भइरहेको छ ।

निर्वाचन आयोगले दिएको समयसीमा अनुसार सबै राजनीतिक दलले प्रत्यक्ष र समानुपातिकको सूची आयोगमा बुझाइसकेका छन् ।

अघिल्लो निर्वाचनमा भन्दा यस निर्वाचनमा अन्य पेसा व्यवसायमा आवद्ध भएकाहरु समेत सिफारिसमा परेका छन्, जसलाई सकारात्मक रुपमा हेरिएको छ ।

त्यसमध्ये आगामी निर्वाचनमा धेरै इन्जिनियरहरु सिफारिसमा परेका छन् । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा इन्जिनियर बालेन्द्र शाह (बालेन) निर्वाचित भएसँगै इन्जिनियरहरुको राजनीतिप्रति थप चासो बढेको हो ।

काठमाडौं जस्तो ठाउँमा इन्जिनियरले जित हासिल गरेसँगै धेरै इन्जिनियरहरु यस पटकको निर्वाचनमा राजनीतिक दलको नजरमा परेका छन् ।

१० वटा प्रतिनिधि सभा र २० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ७ जना इन्जिनियरहरु सिफारिसमा परेका छन् । काठमाडौंको क्षेत्र नं १,२,३, ६,८ र १० बाट गरी ७ जनालाई प्रदेश सभामा कांग्रेसले सिफारिस गरेको छ ।

कुन क्षेत्रबाट को परे सिफारिसमा ?

काठमाडौं १ ‘ख’ बाट ई. ऋषि कोइराला

काठमाडौ २ ‘ख’ बाट ई. शशांक श्री न्यौपाने

काठमाडौं ३ कू बाट ई. जितेन्द्र धिताल

काठमाडौं ४ मा छैन

काठमाडौं ५ मा छैन

काठमाडौं ६ ‘क’ बाट ई. सुवास अधिकारी र ई. सुसन वैद्य

काठमाडौं ७ मा छैन ।

काठमाडौं ८ ‘क’ बाट ई. इन्द्रमान सिंह सुवाल

काठमाडौं ९ मा छैन ।

काठमाडौं १० ‘क’ बाट ई दिपेश विष्ट

काठमाडौं क्षेत्र नं २ ‘ख’ बाट सिफारिसमा परेका ई. शशांक श्री न्यौपाने देशको आर्थिक विकासका लागि राजनीतिक दलहरुले इन्जिनियरहरुलाई निर्वाचन मार्फत अघि बढाउनुपर्ने बताउँछन् ।

अबको केही दशकमा नेपालले ठूलो आर्थिक विकास हासिल गर्नुपर्ने बताउँदै हरेक राजनीतिक दलले इन्जिनियरहरुलाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् ।

‘अबको केही दशक नेपालले वृहत्तर आर्थिक विकास गर्नुपर्ने हुन्छ । जसको कारण पनि विभिन्न विधाका इन्जिनियरहरुलाई नीति निर्माणको ठाउँमा पुर्याउनुपर्ने आवश्यक्ता देखिन्छ ।’ उनले भने ।

गत स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) ले जित हासिल गरेपछिका कामकारबाहीको आधारमा पनि इन्जिनियरहरुलाई राजनीतिक रुपमा अघि आउनुपर्ने उनको जोड रहेको छ ।

यसअघिका निर्वाचनहरुमा राजनीतिक दलका नेता कार्यकर्ता बाहेक उम्मेदवार नबन्ने गरेकोमा अबको निर्वाचनमा देशभरबाट ठूलो संख्यामा इन्जिनियरहरु सिफारिसमा पर्नु सुखद रहेको न्यौपाने बताउँछन् । ‘यसअघिका निर्वाचनमा इन्जिनियरहरु केही संख्यामा मात्रै सिफारिसमा परेका थिए । तर आगामी निर्वाचनको लागि काठमाडौंबाटै ७ जना सिफारिसमा परेका छन् जुन सकारात्मक हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?