काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । असोज १६ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले शनिबारदेखि वडा अधिवेशन सुरु गरेको हो ।
पूर्वसभापति शेरबहादुर देउवा समूहको असन्तुष्टिका बीच कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाएको हो । वडा अधिवेशनमा देउवा पक्षका नेताहरू सहभागी छैनन् । देउवा समूहले भने मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ ।
कांग्रेस सभापति गगन थापा आफ्नो क्रियाशील सदस्यता रहेको वडामा पुगेर वडा अधिवेशनको सुरुआत गरेका छन् । उनले देशभर वडा तहबाटै कांग्रेसको लोकतान्त्रिक अभ्यास सुरु भएको बताएका छन् ।
उनले गाउँ, नगर र वडामा नयाँ उत्साह र ऊर्जा देखिएको भन्दै सबै पार्टी पंक्तिलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।
भिडियो सन्देश जारी गर्दै सभापति थापाले समयको मागअनुसार संविधानका केही विषय परिवर्तन गर्नुपर्ने बताएका छन् । त्यस्ता परिवर्तनले संविधानका मूल्य र मान्यतालाई कमजोर नभई थप विस्तार गर्ने उनको भनाइ छ ।
थापाले विगतका कमजोरी सच्याउँदै नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने कांग्रेस निर्माण गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया