नेताहरुलाई माधव नेपालकाे प्रश्न : आफूले अवसर पाउँदा ठिक अरुले पाउँदा बेठिक हुन्छ ?

लोकपथ
364
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन् ।

बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन् । नेपालले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताए ।

उनले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताउँदै  देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए ।

उनले मानिसहरुमा आफूले पटक–पटक अवसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताए । आफूले पाएको छैन भने अनुहार अध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने उनकाे  टिप्पणी थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?