लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् : झलनाथ खनाल

लोकपथ
42
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताए । उनले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरु कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पारे । उनले समाजवादले मात्रै समाजमा भएका वर्गिय शोषणलाई समाप्त गर्नसक्ने बताए । हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताउँदै समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने खनालको तर्क छ ।

नेता खनालले अहिले देशमा निर्वाचन आइरहेको भन्दै आफ्नो पार्टीले निर्वाचनमा बढीभन्दा बढी महिलाहरु सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । उनले अझै पनि पार्टी बलियो नभएका कारण समान रुपमा महिलाको सहभागिता गराउन नसकेको समेत उल्लेख गरे । खनालले कुनैपनि संगठन बनाउँदा महिलाहरुलाई प्राथमिकता दिने भन्दै हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने, प्रशिक्षित गर्ने र जागरुक बनाउने काममा पार्टी लाग्ने बताए ।

देशमा महिला मुक्ति अभियानलाई अघि बढाउनुपर्ने बताउँदै खनालले आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) लाई देशको सबैभन्दा अगुवा, क्रान्तिकारी र सिंगो देशलाई रुपान्तरण र विकास गर्ने अठोटको रुपमा अघि बढ्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?