काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैंसेपाटीमा निर्माणाधिन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् ।
बिहीवार भैंसेपाटी पुगेर निर्माणाधिन भवनहरुको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका हुन् । उनले निर्माण कार्य निकै ढिलो भएको भन्दै २४ घण्टा नै निर्माण कार्यलाई जारी राख्नुपर्ने बताए । उनले रात दिन काम नगरीकन समयमा निर्माण कार्य नसकिने भएकाले निर्माण कार्यमा संलग्न श्रमिकहरुको सिफ्ट मिलाएर रात दिन नै काम गराउन निर्देशन दिए ।
निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै उनले भविष्यमा कुनै आयोजनाहरु गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोही अनुसारको प्रावधान राख्नुपर्ने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले भैंसेपाटीको सडक जिर्ण अवस्थामा रहेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले सडकको बिग्रँदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणीसमेत गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले सम्बन्धीत कर्मचारीहरुलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे । उनले आफू मन्त्री भएको भए स्पष्ट योजना र दृष्टिकोण भएको मान्छेलाई सम्बन्धीत विभागको महानिर्देशक नियुक्त गर्ने थिएँ उनले बताए । सम्बन्धीत जिम्मेवार मान्छेलाई कडाइ नगरेसम्म काम हुन नसक्ने उनको भनाई छ ।
उनले आजै डेंगु संक्रमणका कारण ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार गराइरहेका संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट गरी स्वास्थ्य लाभको कामनासमेत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया