अब एमालेका १० भाईको बिजोग !

लोकपथ
154
Shares

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले १० बुँदे सहमतिमार्फत पार्टीमै बसेका १० भाई समूहका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नदिने भएका छन् ।

बुधबार बसेको पदाधिकारी बैठकमा ओलीले १० बुँदे पक्षधरलाई टिकट नदिने अडान लिए । तर, विगतमा माधव नेपालको पक्षमा लागेर आफूलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म जाने, आफूले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने र सडक आन्दोलन गर्ने गतिविधिप्रति माफी माग्नुपर्ने सर्त राखेका छन् ।

ओलीले विगतका कमजोरीप्रति गम्भीर आत्मालोचना गर्दै पत्र लेख्नुपर्ने बताएका छन् ।

एमालेमा १० भाई भनेर अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, भीमबहादुर रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, गोकर्णराज विष्टलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?