कमेडी च्याम्पियन हिमेश पन्त धादिङ १ बाट चुनाव लड्ने

लोकपथ
105
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कमेडी च्याम्पियन विजेता हिमेश पन्त धादिङ १ बाट उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको हो ।

स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको छ । पन्त टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?