२२० केभी राष्ट्रिय प्रसारण लाइन प्रभावितद्वारा उचित मुआब्जा नपाएको गुनासो

लोकपथ
0
Shares

लमजुङ । लमजुङको मर्स्याङ्दी करिडोरमा निर्माण हुँदै गरेको २२० केभी राष्ट्रिय प्रसारण लाइन आयोजनाले उचित मुआब्जा नदिएको प्रभावितहरूले गुनासो गरेका छन् ।

आयोजनाको बारेमा स्थानीयलाई जानकारी नदिईकन काम सुरु गरेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले पुनः मूल्यांकन गर्नुपर्ने भन्दै उचित क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको मर्स्यङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित नागरिकको मानवअधिकार अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि आयोजना प्रभावितहरूले यस्तो गुनासो गरेका हुन् ।

जग्गाको मूल्य निर्धारण गर्दा समानुपातिक मूल्य निर्धारण नभएको प्रभावितहरूले आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयमा मौखिक/लिखित पत्र बुझाउँदा पनि गुनासो सुनुवाइ नभएको पीडितहरूले बताएका छन् ।

स्थानीयलाई जानकारी नदिई मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण गरिएको भन्दै प्रभावितहरूले जग्गाको मूल्य निर्धारण गरी उपयोगविहीन जग्गाको शतप्रतिशत मुआब्जा दिनुपर्ने माग गरेका छन् ।

आवास र खेतीयोग्य जमिनको उचित मूल्य निर्धारण नभएको र प्रसारण लाइनको टावरबाहेक तारको दायाँबायाँ प्रभावित क्षेत्रको पनि उचित मुआब्जा दिनुपर्ने प्रभावितहरूको माग छ ।

विद्युत् पोल रहने जग्गाको मुआब्जा दिए पनि तारको दायाँबायाँ जमिनको मुआब्जा नदिएको भन्दै उक्त जमिन उपयोगमा नआउने भन्दै पूरै मुआब्जा दिनुपर्ने उनीहरूले माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?