फेवातालमा अवैध र मापदण्ड विपरीतका घरहरु भत्काइयोस् : सांसद देवकोटा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले बिना स्वीकृती र मापदण्ड विपरित बनाइएका घरहरुको नियमन गरी भत्काउन माग गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले फेवाताल परिवरीका ८० प्रतिशत घरहरु स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन उनले माग गरेका हुन् ।

उनले अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए । सांसद देवकोटाले भने, ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् ।’

राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराउनसमेत माग गरेका छन् । देवकोटाले भने, ‘तालको शहर पोखराको सुन्दरतालाई जोगाईयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?