एसपीपी पत्रबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्छ : माधव नेपाल

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेकोेबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ भइरहेको भन्दै यसबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले अनुचित शर्त राखेको आर्थिक सहयोग लिन नहुने भन्दै अध्यक्ष नेपालले कुनै सैन्य सहयोग लिनेबारे सोच्न पनि नसकिने बताए । उनले यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘कुनैपनि किसिमको सैन्य गठबन्धनमा कसैको पनि सुरक्षा घेराभित्र बस्न चाहदैन । नेपालले क्याटेगोरिकल्ली आफ्नो धारणा प्रष्ट रुपमा राख्नुपर्छ ।’ कुनैपनि देश आफ्नो सुरक्षा स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने सोचबाट मुक्त हुनुपर्ने अध्यक्ष नेपालले बताए ।
सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले सरकार निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको राष्ट्रिय सभा बैठकमा जानकारी गराएका थिए । तर, परराष्ट्र मन्त्रालयले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अमेरिका पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?