भिजिट भिसामा विदेश गएर रोजगारीको प्रक्रियामा नलाग्न गृह मन्त्रालयको आग्रह

लोकपथ
133
Shares

काठमाडौं । भिजिट भिसामा विदेश गएर रोजगारी नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा विदेश गएर रोजगारी खोज्दा अलपत्र पर्ने लगायतका समस्या पर्ने हुदा त्यसो नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिसा रहेको प्रस्ट पारेको छ ।

यस्तो छ गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?