सतर्कता अपनाउन र मास्क लगाउन सभामुखको आग्रह

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा दिनानुदिन कोरोना संक्रमणदर बढ्दै जान थालेपछि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोरोना संक्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।

सापकोटाले भने, ‘कोभिड संक्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?