सरकारले जनस्वास्थ्यमा चासो दिएन : योगेश भट्टराई

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए । सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपग्सको बारेमा नागरिकलाई सुसूचित गर्न चाँसो नदिएको बताए । उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताए ।

सांसद भट्टराईले मंकीपग्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए । उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपग्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए ।

उनले भने, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्सले हायलकायल बनाएको छ । हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निन्द्राको अवस्थामा छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । तर, हाम्रा सीमानाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन ।’

उनले यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व सतर्कता र तयारी अपनाउनका सीमानामा कडाइ र सचेतनता फैलाउनुपर्ने बताए । सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताए ।

उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?