काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।
डा.शर्मिला पराजुली (ढकाल) लाई स्पेन, मिलनराज तुलाधरलाई रुसी महासंघमा र प्रा.डा.रामस्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका हुन् ।
मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
त्यस्तै, डा.शंकरप्रसाद शर्मालाई भारत र भुटानका लागिसमेत गैर आवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया