निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम तथा खर्च सार्वजनिक गर्दै

लोकपथ
49
Shares

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन परिणाम तथा निर्वाचन खर्च विवरण सार्वजनिक गर्ने भएको छ । गत बैशाख २९ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको विवरण सार्वजनिक गर्न लागेको हो ।

देशैभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन सम्पन्न भएपनि बाजुराको बुढीगंगा नगरपालिकामा विवादित हुँदा स्थगित भएको निर्वाचन गत असार २३ गते सम्पन्न भएको थियो ।
देशैभरका स्थानीय तह सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेपछि आयोगले आज सार्वजनिक गर्न लागेको छ ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ सम्पन्न भैसकेको सन्दर्भमा उक्त निर्वाचनको निर्वाचन परिणाम तथा निर्वाचन खर्च समेतको सार्वजनिक निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्न लागेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

आज अपरान्ह साढे चार बजे पत्रकार सम्मेलनको आयोजना गरिएको निर्वाचन आयोगको कार्यालय कान्तिपथले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?