काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।
दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ ।
आजै साँझ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया