संसदको आयु आगामी चुनावको मनोनयन दर्ताको दिनसम्म रहन्छ : सभामुख सापकोटा

लोकपथ
98
Shares

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । उनले त्यसैमा फाइनल भइनसकेपनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको उनको भनाइ छ।

‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्ने छ । त्यसमा फाइनल होइन मोटामोटि नोमिनेसनको दिनसम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरुसँग उनले भने ।

उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौ भनेको उल्लेख गर्दै उनले अब सबै निकायसंग छलफल गरेर निर्णयमा पुगिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?