काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले शपथसम्बन्धी विधेयक २०७८, सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रिय सभा बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया