काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो ३ बजे पदाधिकारी बैठक बस्ने भएको हो ।
कांग्रेसले गत सोमबारदेखि जारी राखेको केन्द्रीय समिति बैठक नेताहरू बोल्ने क्रम सकिएपछि आजसम्मका लागि स्थगित भएको थियो । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।
आजको बैठकले विभिन्न विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसमा विभाग तथा समिति गठन, नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता र पूराना भ्रातृ तथा शुभेच्छुक संस्थाका महाधिवेशन तथा पूर्णता दिने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने तयारी छ ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन सकेको छ महिनाभित्र विधानअनुसार गरिसक्नुपर्ने काम गरेका छैनन् । विधानअनुसार काम नगरेको भन्दै देउवाको आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया