काठमाडौं । आज दिउँसाे त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड भएको छ ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका नेता–कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षभित्र पसेर तोडफोड गरेका हुन् ।
सोमबार दिउँसो केही समूह त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी तोडफोड गरेको त्रिभुवन विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा ती समूहका मानिसहरूले कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी कुर्सी, टेबल, ढोका इत्यादि तोडफोड गरेको जनाइएको छ।
ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको सचिवालयमा कार्यरत कर्मचारी र प्रहरीले दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको थियाे ।
तोडफोडमा संलग्न एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिए पनि ३ घण्टामै छाडिदिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया