अनेसासको केन्द्रीय उपाध्यक्षमा डा. रेणुका सोलु निर्वाचित

लोकपथ
105
Shares

काठमाडौं । साहित्यकार डा. रेणुका सोलु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । भर्खरै सम्पन्न अनेसासको केन्द्रीय निर्वाचनबाट सोलु एसिया क्षेत्रको प्रतिनिधित्व गर्नेगरी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

नेपाली साहित्यलाई विश्वबजारसम्म पुर्‍याउने उद्देश्यले सन् १९९१ मा गठन भएको अनेसासको नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यको भूमिकामा समेत रहिसकेकी सोलुले नेपाली भाषा साहित्यमा विश्वबजारसम्म सहज पहुँच पुर्‍याउन नेतृत्वदायी भूमिका निभाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएकी थिइन् । विजयी बनेपछि खुसी लागेको उल्लेख गर्दै उनले मतदाता, सहयोगी तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएकी छन् ।

अनेसासको अध्यक्ष पदमा गोवर्द्धन पूजा निर्वाचित भएका छन् ।

नेपाली भाषा साहित्यको विकास, विस्तार, प्रवर्द्धन गर्ने उद्देस्यले लगभग तीन दशकअगाडि अमेरिकामा दर्ता भएको यो संस्थाको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने सचिवालय नेपालमा रहेको छ । नेपाली भाषा साहित्यलाई विश्वभरी पर्‍याउन प्रयासरत अनेसासले लगभग २२ लाख बराबरको विभिन्न विधामा पुरस्कारको समेत स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?