काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि मंगलबार अर्थात असार २१ गते बर्षे अवधिको “बिकास ऋणपत्र २०८५ “च” (६ बर्षे) निष्काशन गर्न लागिएको हो ।
बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने यो ऋणपत्रको निष्काशन मिती २०७९ असार २२ गते तोकिएको छ भने सावाँ भुक्तानी मिती २०८५ असार २२ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्ने छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्ट्याइएको छ ।
खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । र ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यी बाहेकका वाणिज्य बैंक, विकास बंैक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीकोरुपमा भाग लिन नपाउने राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया