युएस ओपन टेनिस: बेलायती मर्रे दोस्रो चरणबाटै बाहिरिए

अमेरिका । बेलायती एन्डी मर्रे जारी युएस ओपन टेनिस च्याम्पियनसिपको दोस्रो चरणबाटै बाहिरिएका छन् । 

न्युयोर्कस्थित फ्लुसिङ मेडसमा बुधवारराति सम्पन्न भएको पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा बेलायती मर्रे स्पेनी फर्नान्डो भडास्कोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । मर्रे भडास्कोसँग ३-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित भए ।

खेलको पहिलो सेट ७-५ ले जितेका भडास्को दोस्रो सेटमा भने मर्रेसँग ६-२ ले पराजित भए ।

त्यस्तै, दोस्रो सेट ६-४ र ६-४ ले जित्र्दै भडास्कोले अघिल्लो चरणको यात्रा तय गर्न सफल भए । सल्यक्रिया पश्चात पहिलो पटक ग्राण्डस्लाममा सहभागी भएका मर्रेले जारी युएस ओपन टेनिसमा दोस्रो चरण भन्दा माथि जान भने असफल भएका छन् ।

गत जनवरीमा हिपको शल्यक्रिया गरेका मर्रेले खेलेको यो पाँचौ च्याम्पियनसिप हो । 

त्यस्तै, बुधवारराति नै भएको अर्को खेलमा स्विट्जरल्याण्डका रोजर फेडेररले जापानका योस्हीहितो निसीयोकालाई ६-२, ६-२ र ६-४ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे ।

यता, अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोले अमेरिकी डेनिस कुड्लालाई तथा स्पेनी राफेल नाडालले क्यानडाका भासेक पोस्पीसिललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?