थप ६ वटा निर्माण कम्पनी कालोसूचीमा

लोकपथ
14
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने क्रममा पछिल्लोपटक ६ वटालाई राखेको छ ।

सो कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखी पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

सूचनामा जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको उल्लेख छ ।

१ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले कानुनतः यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरूको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?