एलडिसी स्तरोन्नतिको तयारी अवधि तीन वर्ष थपियो

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको बिहीबार बसेको ८१औँ महासभा बैठकले उक्त प्रस्ताव पारित गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार यस निर्णयसँगै नेपालले एलडिसी सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारका लागि थप समय प्राप्त गरेको छ ।

नेपालले थपिएको अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यस अतिरिक्त समयले नेपाललाई स्तरोन्नतिका लागि आवश्यक तयारी पूरा गर्न तथा अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?