कांग्रेसमा नेतृत्वको त्रिपक्षीय संघर्ष

काठमाडौं । निर्वाचनमा पराजित भएपछि प्रतिपक्षी बनेको नेपाली कांग्रेसमा यतिञ्जेल पराजयको भारी बोकाएर नेतृत्व लिने एकथरी, कोइरालाको विरासत फर्काउने कोइराला समूह र सभापति शेरबहादुर देउवाको वर्तमान संस्थापन पक्षबीचको मूलरूपमा राजनीतिक त्रिपक्षीय दाउपेंच कांग्रेसमा शुरू भइसकेको छ । कोइराला समूहले सहमतिमै सभापतिको उम्मेदवार तय गर्ने गरी गरेको उद्घोषबाट प्रतिपक्षी दलमा नेतृत्व स्थापना गर्ने खेल आफैमा अस्वाभाविक भने होइन् ।

डेढ वर्षपछि सभापति शेरबहादुर देउवाको कार्यकाल सकिने भएपछि कांग्रेसमा अहिलेबाटै नयाँ नेतृत्वबारे बहस शुरु हुन थालेको हो ।

कांग्रेसका संस्थापक र एक कोइराला परिवारका तीन दाजुभाई प्रधानमन्त्री भएका कारण कांग्रेस र कोइराला पर्यावाचीको रूपमा चिनिएको थियो । शेरबहादुर देउवा सभापति भएपछि कोइराला विरासत बोकेका र संस्कार बोकेका कांग्रेसीहरूमा कोइरालाकै कोही नेतृत्व गर्न पाए पार्टी बलियो हुने थियो भन्ने सोचाइ हुन सक्छ ।

तर राजनीतिमा एउटै परिवारको विरासतलाई स्थान दिने हो भने वंश परम्पराको चलन जस्तै लोकतान्त्रिक पार्टीमा हुन जाने भएकाले यसलाई विस्तारित गर्नुपर्ने सोचका कांग्रेसले नयाँ सोचाइ लिएको हुन सक्ने देखिन्छ ।

संस्थापक तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र संघीय गणतन्त्रको संविधानको घोषणा गर्ने यश पाउने सुशील कोइरालासम्मको राजनीतिक योगदानले कोइराला परिवारलाई कांग्रेसमा सहज भएको छ ।

संस्थापक तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र संघीय गणतन्त्रको संविधानको घोषणा गर्ने यश पाउने सुशील कोइरालासम्मको राजनीतिक योगदानले कोइराला परिवारलाई कांग्रेसमा सहज भएको छ ।

सुशील कोइरालाको निधनपछि भएको महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व देउवामा सरेको थियो । कोइराला परिवारको नेतृत्व शंशाक कोइरालाले महासचिवको रूपमा स्थापित भयो ।

कोइराला नेतृत्वको प्यानेलका केहीले देउवामा क्रस गरेपछि देउवाको जीत सुनिश्चित हुन गएको देखिएको थियो ।

पछिल्लो समय कांग्रेसका महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरला र नेतृ सुजाता कोइरालाबीच एकताको सन्देश दिन र पार्टीमा पकड कायम गर्न सहमति भएको देखिएको छ । महासचिव कोइरालाले सभापति देउवाको कडा आलोचना गर्न थालेपछि कोइराला समूहबाट उनलाई नै सभापतिको उम्मेदवार बनाउने सहमति तीन कोइरालाबीच भएको देखिन्छ ।
महासचिवले कोइरालाले  महाधिवेशन यता पहिलो पटक यसरी देउवाको कडा आलोचना गरेका हुन् ।

१३ औँ महाधिवेशनबाट सभापति निर्वार्चित भएपछि देउवाले पार्टीको विधि विधानको बेवास्ता गरी धेरै समयसम्म केन्द्रीय समितिमा गर्नुपर्ने पदपूर्ति समेत गरेनन् । कतिपय सन्दर्भमा विधानको बेवास्ता गरी सभापतिको विशेषाधिकार प्रयोग गरेको आरोप कांग्रेसीहरूको रहेको छ ।

१३ औँ महाधिवेशनबाट सभापति निर्वार्चित भएपछि देउवाले पार्टीको विधि विधानको बेवास्ता गरी धेरै समयसम्म केन्द्रीय समितिमा गर्नुपर्ने पदपूर्ति समेत गरेनन् । कतिपय सन्दर्भमा विधानको बेवास्ता गरी सभापतिको विशेषाधिकार प्रयोग गरेको आरोप कांग्रेसीहरूको रहेको छ ।

यस्तो असन्तुष्टि व्यक्त गर्ने यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, नवीन्द्र राज जोशीलगायतलाई देखिएको थियो । आफूप्रतिको आक्रमण र आगामी महाधिवेशनबाट फेरि निर्वाचित हुने योजनालाई सार्वजनिक गर्दै देउवाले राजनीतिक अभिव्यक्ति सार्वजनिक गरे । उनले भने “अब कांग्रेसलाई एक नम्बरको पार्टी नबनाएसम्म विश्राम लिँदिन् ।”

उनले यो कुरो गत असारमा हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलामा  भनेका थिए ।

त्यतिखेर कोइराला समूह अझ बढी सजग भएको देखिन्छ । देउवाले सहजरूपमा शंशाकलाई नेतृत्व नदिने देखिएपछि कोइराला समूह आफ्नो राजनीतिक रणनीति र दाउपेचको अभ्यासमा जुट्यो ।

यही अन्तर्गत शंशाकले विराटनगरमा पुगेर देउवा विरूद्ध राजनीतिक आक्रमण गरिहाले । यसबाट कोइराला समूहले विरासत पाउने भित्र बाहिर दुवै मैदानमा आफ्नो संघर्ष तीव्र बनाउन शुरू गरेको हो ।

गएको निर्वाचनमा भारतको संस्थापन पक्षले कांग्रेसले अपेक्षा गरे अनुसार नसघाएपछि सभापति देउवाका कमान्डर मानिएका बिमलेन्द्र निधि नै निर्वाचनमा पराजित हुन पुगे । पराजित हुने अन्य ठूला नेतामा निधि पनि परेपछि देउवालाई बाह्य शक्तिको जोरजाम बलियोसँग हुनेमा दुविधा छ ।

आगमी वर्ष हुने भारतको लोकसभा निर्वाचनको परिणामले नेपाली कांग्रेसको आन्तरिक राजनीतिक प्रभावित नहुने  भनाइ आफैमा सत्य होइन् । चीनले भारतका दक्षिण एसियली छिमेकीहरूमा हुने निर्वाचनमा खेल्न सक्छ भने भारतले नेपालका राजनीतिक दलको राजनीतिक गतिविधिलाई बेवास्ता गरी बस्ला भन्न सकिदैन् । त्यसले त्यसको परिणामबाट विगतका शक्तिहरूमा बल थपिने हो वा ह्रास हुने त्यसको आधारमा केही जोडबल कांग्रेसको राजनीतिकमा पर्ने देखिन्छ ।

महाधिवेशनको माग यसअघि उठिसकेको छ । नेपाली कांग्रेसका सभापति देउवाले समय अल्झाउने दाउमा देखिएको पौडेल निकटको बुझाइ छ । तर, पनि महासमिति बैठकको मिति तय गर्न कांग्रेसले केन्द्रीय समिति बैठक भदौ ८ गतेलाई बोलाएको छ ।

केन्द्रीय समिति बैठकमा महासमिति बैठकको तयारीका बारेमा छलफल हुने र त्यही बैठकले मितिसमेत तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

बैठकलाई पार्टी महाधिवेशनको पूर्वतयारीसमेत भनेको छ । महासमिति बैठकबाट विधान परिवर्तन हुने भएकाले यसलाई कांग्रेसीहरूले महत्वका साथ हेरेका छन् । 

यसअघिको केन्द्रीय समिति बैठकले नै भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । 

यसअघिको केन्द्रीय समिति बैठकले नै भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । 

समय आलटालको राजनीति बुझेका देउवाले भदौ लाग्दासमेत बैठक बोलाउन सक्रियता देखाएनन् । बैठक बोलाउने सक्रियता नदेखाएपछि पौडेल पक्षले तत्काल केन्द्रीय समिति बैठक बोलाउन अल्टिमेटम दियो । पौडेल समूहको अल्टिमेटमपछि देउवाले भदौ ८ गते केन्द्रीय कार्यसमिति बैठक बोलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?