एसपीपीमा सामेल हुन कुनै देशलाई पनि भनिएकाे छैन : अमेरिकी दूतावास

लोकपथ
315
Shares

काठमाडौं । नेपालस्थित अमेरिकाको दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे संसदमा प्रश्न उठिरहेका बेला अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत यस्ताे धारणा सार्वजनिक गरेकाे हाे ।

दूतावासले भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’

साथै दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य भएकाेसमेत बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?